विना काम घरबाहिर ननिस्कन नागरिकलाई सेनाले ग¥यो आग्रह

२५ भदौ, काठमाडौं ।सेनाले विना काम घरबाहिर ननिस्कन नागरिकलाई  आग्रह गरेको छ।

काठमाडौंका सडकहरूमा नेपाली सेनाले गस्ती गरिरहेको छ।

सेनाले घर र गल्लीबाहिर निस्किएका सर्वसाधारणहरूलाई विना काम बाहिर ननिस्किन आग्रह गर्दै घरमा फर्काइरहेको छ ।

आकस्मिक सेवामा संलग्नहरूलाई भने सोधपुछ र परिचयपत्रका आधारमा हिंडडुल गर्न छुट दिएको छ ।

मंगलबार भएको जेनजी आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षतिसँगै राति १० बजेबाट सुरक्षाका लागि सेना तैनाथ भएका छन् ।