
३१ भदौ, काठमाडौं । ई–७ भिसामार्फत दक्षिण कोरियामा कामदार पठाउने कार्य तत्कालका लागि बन्द गरिएको छ ।ई–७ भिसामार्फत कोरियामा सिपयुक्त कामदार पठाउने प्रक्रिया अघि बढेको थियो।
तर,यो विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कार्यान्वयन नगर्न निर्देशन दिएको थियो । सोही आधारमा श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले समेत कार्यान्वय नगर्न भन्दै वैदेशिक रोजगार विभागलाई परिपत्र गरेको थियो।
मन्त्रालय र आयोगको पत्रको आधारमा तत्काल लागि स्थगित गरिएको विभागका सूचना अधिकारी टिकाराम ढकालले जानकारी दिए।
श्रम मन्त्रालयले भदौ २९ गते विभागलाई पचात्रार गर्दै बी–टू–बी माध्यमबाट ई–७ भिसामार्फत कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि,२०८० कार्यान्वयन नगर्न भनी निर्देशन दिएको थियो।सोही आधारमा तत्काल उक्त कार्यविधि कार्यविधि कार्यान्वन नहुने सूचना अधिकारी ढकालले बताए।
श्रम मन्त्रालयले म्यानपावर कम्पनीमार्फत सिपयुक्त श्रमिक पठाउनेगरी कार्यविधि जारी गरेको थियो।सोही आधारमा मन्त्रालयले गत असारमा कार्यविधिमा तेस्रो संशोधन गरेर कामदार पठाउने प्रक्रिया अघि बढाएको थियो।त्यसका लागि कोरियास्थित नेपाली राजदूतावासलाई समेत सीपयुक्त कामदारको हकमा मागपत्र प्रमाणीकरण गर्न परिपत्र गरेको थियो।
परिपत्र गरेको एक महिना वितिसक्दा समेत कुनै पनि डिमाण्ड नआएको दूतावासले प्रष्ट पारेको छ।
