आज राष्ट्रिय शोक,देशभर सार्वजनिक बिदा

१ असोज, काठमाडौं ।सरकारले जेनजी युवाको प्रदर्शनको क्रममा ज्यान गुमाएकाहरुको सम्मानमा आज देशभर शोक बिदा दिएको छ।

भ्रष्टाचारविरुद्ध गत भदौ २३ र २४ गते भएको जेनजीयुवाको आन्दोलनको क्रममा कम्तिमा ७२ जना युवाको मृत्यु भएको थियो।

यही भदौ ३० गते बसेको अन्तरिम सरकारको मन्त्रिपरिषद बैठकले उनीहरुको सम्मानमा असोज १ गते राष्ट्रिय शोक मनाउन सार्वजनिक बिदा दिने घोषणा गरेको थियो ।

सो निर्णय अनुसार आज नेपालभरका सरकारी कार्यालय,विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिइएको छ । यसैगरी राष्ट्रिय झण्डा आधा झुकाइने पनि सरकाको निर्णय छ ।

मृत्यु भएकाहरुको मंगलबार शवयात्रासहित काठमाडौंको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो।भने, कतिपय युवाहरुको शव उनीहरुकै जिल्लामा पुर्‍याइएको छ।