उपत्यकामा चाडपर्वलाई लक्षित गरी १५ वटा यात्रु सहायता कक्ष सञ्चालनमा

२ असोज,काठमाडौंं। ट्राफिक प्रहरीले सिप्रदी र नाडाको सहयोग तथा काठमाडौँ महानगरपालिकाको सहकार्यमा काठमाडौँ उपत्यकाभित्रका यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख,प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीका अनुसार नयाँ बसपार्क,नागढुङ्गा,कलङ्की, स्वयम्भू, हलचोक, माछापोखरी, चावहिल, तिलगङ्गा, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र साँगामा यात्रु सहायता कक्ष स्थापना गरि आज विहिबारदेखि सञ्चालनमा ल्याइएकोे छ ।

यात्रुको सहज आवतजावत,सवारी चाप व्यवस्थापन तथा चाडपर्वलाई दुर्घटनारहित बनाउने उद्देश्यले यातायात व्यवसायीको सहभागितामा यात्रु सहायता कक्षको स्थापना गर्न लागिएको  उनले बताएका छन् ।

यातायात व्यवस्था विभाग,ट्राफिक प्रहरी र व्यवसायीसहित खटिएको  टोलीले तोकिएको भाडादरभन्दा बढी भाडा लिए–नलिएको,लामो दूरीका सवारीसाधनमा दुईजना चालक भए–नभएको लगायत यात्रुका अन्य सुरक्षालाई ध्यान दिनेछ छ ।

फाइल तस्विर