खुला आकाशमुनि पाल राखेर सर्वोच्चमा सुनुवाइ

२ असोज, काठमाडौं । खुला आकाशमुनि पाल राखेर  सर्वोच्चमा सुनुवाइ शुरु भएको छ।

२४ भदौको आगजनीपछि खरानी बनेको सर्वोच्च अदालतले ९ दिनपछि सांकेतिक रुपमा भएपनि न्यायिक कामकारबाही शुरु  गरिएको हो । 

आगजनीबाट बचेका केही कुर्सी र टेबुलहरू र एउटा त्रिपालको जोहो गरेर सर्वोच्च अदालतले आज खुला आकाशमा खडा गरिएको पालभित्र इजलास चलाएको थियो ।

सो इजलासमा दुईतिरबाट खटिएका सुरक्षाकर्मीहरूले सुरक्षा दिइरहेका थिए ।