
५ असोज,काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव छ ।
आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागको केही स्थान र अन्य प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी तराई भागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
कोशीलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान तथा देशका बाँकी भू–भागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको हुँदा ती स्थानहरुमा सतर्क रहन पनि महाशाखाले अनुरोध गरेको छ ।
