
५ असोज,काठकाडौं ।प्रधानमन्त्री सुशीला कार्कीले ५ जना मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस गरेकी छिन् ।
प्रधानमन्त्री कार्कीले आज साँझ आफ्नो समूहमा छलफल गरेर पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा.संगिता मिश्रा, वैज्ञानिक महावीर पुन र तत्कालीन राज्य पुनर्संरचनाका संयोजक समेत रहेका डा.मदन परियारलाई मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको जनाइएको छ ।
नियुक्ति र शपथ भने भोलि मात्रै हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
