
५ असोज,काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेसकै नेता तथा पूर्वमन्त्री दीपक खड्काको घरमा सम्पत्ति शुद्धीकरण विभागको टोली पुगेको छ ।
हरिहर भवनस्थित विभागबाट एसपी नवरत्न पौडेलसहितको टोली आइतबार उनीहरूको घरमा पुगेको उच्च स्रोतले जानकारी दिएको छ ।टोलीले आजै मुचुल्का उठाएर काम अगाडी बढाइसकेको छ ।
जेनजी आन्दोलनका क्रममा यी दुवै नेताको घर प्रदर्शनकारीले जलाएका थिए । उक्त घरमा ठूलो मात्रामा नगद रकम रहेको भन्दै भिडियोसमेत सार्वजनिक भएको थियो ।
बुढानीलकण्ठस्थित देउवाको घरमा डलर र नेपाली हजार, पाँच सयका नोटहरूको खातैखात र पैसा राख्ने सुरुङ समेत भेटिएको भिडियोहरु सार्वजनिक भएका थिए ।
यस्तै पूर्वऊर्जामन्त्री दीपक खड्काको घरबाट पनि केही रकम भेटिएको भिडियो सार्वजनिक भएको थियो ।
मन्त्री खड्काको घरमा रहेको भन्दै केही रकम उड्दै गरेका भिडियो बाहिरिएका थिए । रकम भेटिएको भिडियोहरू सार्वजनिक भएपछि आज विभागको टोली मुचुल्का उठाउन गएको हो ।
