
मनिषा गुरुङ
६ असोज,काठमाडौं ।नवनियुक्त चार मन्त्रीहरुले शपथग्रहण गरेका छन् । आज सोमबार राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका थिए ।
पूर्वन्यायाधीश अनिलकुमार सिन्हा,राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन,पत्रकार जगदिश खरेल, विज्ञ मदन परियारले मन्त्रीको शपथ लिएका हुन् ।
सिन्हाले उद्योग,कानुन र भूमि मन्त्रालय, पुनले शिक्षा विज्ञान तथा प्रविधि, खरेलले सञ्चार तथा सूचना र परियारले कृषिमन्त्रीको शपथ लिएका हुन् ।
अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्राको नाम पनि मन्त्रीका लागि सिफारिस गरिएको थियो ।तर, विवादित रहेको जनगुनासो आएपछि मिश्राको नियुक्ति भने ‘होल्ड’ गरिएको जनाइएको छ ।
अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीसहित ८ सदस्यीय मन्त्रिमण्डल बनेको छ ।
सो शपथ ग्रहण समारोहमा सभामुख देवराज घिमिरे,राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल,प्रधानमन्त्री सुशीला कार्की लगायतका उच्च पदस्थको उपस्थिति रहेको थियो ।
