शीतलनिवासमा प्रधानमन्त्रीसहितको सर्वदलीय बैठक सुरू,को को छन् सहभागी ?

२४ असोज ,काठमाडौं ।शीतलनिवासमा प्रधानमन्त्रीसहितको सर्वदलीय बैठक सुरू भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सो बैठकमा प्रधानमन्त्री सुशीला कार्की, सरकारका मन्त्रीहरू र विभिन्न राजनीतिक दलका दोस्रो तहका नेताहरुको सहभागिता रहेको छ ।

कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल,नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव वर्षमान पुन सहभागी छन्।

भने,राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यबहाक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिन कुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुसाल सहभागी छन्।

जनता समाजवादी पार्टीबाट रेनु यादव, जनमत पार्टीबाट सिके राउत र डा जय कुमार राउत, लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, जसपा नेपालबाट विद्युत बज्रचार्य र प्रकाश अधिकारी ,नागरिक उन्मुक्ती पार्टीबाट रेशम चौधरी र नेपाल मजदुर किसान पार्टीबाट सुनिल प्रजापती सहभागी छन्।

राष्ट्रपतिले चुनावको लागि सरकार र सबै राजनीतिक दलहरूसँग सामूहिक छलफल थालेको राष्ट्रपति कार्यालयले जनाएको छ ।