
२६ असोज,काठमाडौं। हाल देशभर मौसम प्रणालीको प्रभाव न्युन छ ।
मौसम पूर्वानुमान महशाखाका अनुसार आज आइतबार दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ ।
कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको महशाखाले जनाएको छ ।
उता आज राति कोशी र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने महाशाखाको भनाई छ ।
