भृकुटीमण्डपमा तेस्रो तिहार फ्लोरा एक्स्पो सुरु

२८ असोज,काठमाडौं । आजदेखि काठमाडौंको भृकुटीमण्डपमा तेस्रो तिहार फ्लोरा एक्स्पो सुरु भएको छ ।

नर्सरी व्यवसायी सङ्घ नेपालको आयोजनामा भएको उक्त एक्स्पोकोपुष्प विकास केन्द्र र वनस्पति विभाग प्रवर्द्धक रहेको छ । मेलामा विभिन्न प्रजातिका फूल गमला तथा मनमोहक आकर्षक फूल लगायत कृषि प्रयोजनमा, ज्योतिको नर्सरी, फलफूल नर्सरीबाट उत्पादित विभिन्न प्रजातिका बोटबिरुवा प्रदर्शन तथा बिक्री वितरणका लागि राखिएको छ ।

आयोजकका अनुसार मेलामा ७० वटा स्टल छन् ।मेलामा ३५ हजारको संख्याले अवलोकन गर्ने साथै ५० लाख भन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ।

मेला अवलोकन गर्न सर्वसाधारणका लागि प्रवेश शुल्क प्रति व्यक्ति रु १०० र ज्येष्ठ नागरिकको लागि प्रति व्यक्ति रु ५० विद्यार्थीहरूको लागि निःशुल्क रहेको छ ।