घट्यो प्याजको भाउ घट्यो

१८ माघ, काठमाडौं । बजारमा सुकेको प्याजको भाउ घटेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले प्याजको भाउमा गिरावट आएको देखाएको हो ।

एक साता अवधिमा प्याजको भाउ थोकमा प्रतिकिलो ३ देखि ४ रुपैयाँ घटेको छ । यसअघि प्रतिकिलो न्यूनतम ४२ देखि अधिकतम ४३ र औसत ४२ रुपैयाँमा किनबेच भएको थियो ।

आज आइतबार भने प्याज प्रतिकिलो थोकमा न्यूनतम ३८ देखि अधिकतम ४० र औसत ३९ रुपैयाँमा किनबेच भइरहेको छ ।

अहिले कालीमाटी बजारमा भारतबाट मात्रै सुकेको प्याज आइरहेको छ । भारतीय बजारमा प्याजको भाउ घटबढ हुँदा नेपाली बजारमा पनि भाउ घटबढ हुने गर्दछ ।