प्रजातन्त्र दिवस तीन दिन मनाउने सरकारको निर्णय

२२ माघ,काठमाडौं ।सरकारले यस वर्ष तीन दिनसम्म प्रजातन्त्र दिवस मनाउने भएको छ ।

२००७ साल फागुन ७ गते नेपालमा राणा शासनको अन्त्य गरी पहिलोपल्ट प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा सरकारले आउँदो फागुन ६, ७ र ८ गते यो दिवस मनाउने निर्णय गरेको हो ।

आज बिहिबार प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले सो निर्णय गरि यसका लागि मूल समारोह समिति पनि गठन गरेको छ ।

प्रधानमन्त्री अध्यक्ष रहने समितिमा गृह मन्त्रालयका सचिव सदस्य–सचिव छन् ।भने,नेपाल सरकारका मन्त्रीहरू, उपत्यकाका सबै नगरपालिकाका प्रमुखहरू,नेपाल सरकारका मुख्य सचिव,प्रधान सेनापति,नेपाल सरकारका सचिवहरू,नेपाल प्रहरी,सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू सदस्य छन्

मूल समारोहको कार्यक्रम काठमाडौँको सैनिक मञ्चमा गरिनेछ ।