नेपालले अन्तिमसम्म दबाबमा राख्यो :म्यान अफ दि म्याच विल ज्याक्स

२६ माघ,काठमाडौं । नेपाल विरुद्धको खेलमा अलराउन्ड प्रर्दशन गरेका ईंग्ल्यान्डका विल ज्याक्सले आफूहरुलाई अन्तिमसम्म दवावमा राखेको बताएका छन् ।

उनले विष्फोटक ब्याटिङ गर्दै १८ बलमा ३९ रन बनाएका थिए भने आफ्नो पार्ट टाइम स्पिनमार्फत कुशल भुर्तेलको महत्वपूर्ण विकेट लिएका थिए ।

प्लेयर अफ दि म्याचको पुरस्कार थापेपछि ज्याक्सले नेपाली टिमको उच्च प्रशंसा गरेका छन् । खेलको पिच अप्ठेरो भए पनि नेपाली ब्याटरहरुले स्पिनरलाई निक्र राम्रो खेलेको उनको प्रतिक्रिया छ । 

ज्याक्सले भने, ‘नेपाललाई पूर्ण श्रेय दिन्छु, उनीहरू वास्तवमै उत्कृष्ट थिए । पिच निकै कठिन थियो तर उनीहरूले स्पिनलाई राम्ररी खेले र हामीलाई हारको निकै नजिक पुर्‍याए ।बलिङतर्फ सन्दीप लामिछानेले आफू जादु देखाए । उनले १७ ओभरमा गरेको बलिङ नेपाली समर्थकले लामो समय सम्झिने छन् ।

खासमा यो मेडन ओभर हुनुपर्थ्यो, तर ‘मिस फिल्ड’का कारण ईंग्ल्यान्डले एक रन चोर्‍यो । बाँकी पाँचवटा बलहरू ‘डट’ रहे । ह्यारी ब्रुक र विल ज्याक्स जस्ता डरलाग्दा ब्याटरहरुलाई डेथ ओभरमा रनको खडेरी लगाइदिनुले सन्दीपको उत्कृष्टता पुष्टि गर्छ ।

हारका बाबजुद पनि यो म्याच नेपालले गर्व गर्न लायक छ ।

सरकार र सम्बन्धित संस्थाले खेलाडीहरुको मनोबल बढाउने खालका विषेश योजनामा विशेष जोड दिन सके नेपालीले यस खेलमार्फत विश्वलाई चकित पार्ने कुरामा कुनै शंका छैन ।