
२८ माघ,काठमाडौंं ।प्युठान नगरपालिका–३ विजयनगरको दैलेसिमलमा ‘जेनजी स्मृति टावर’ निर्माण गरिएको छ ।
युद्ध पर्यटकीय स्थलका रूपमा विकास गरिँदै आएको उक्त स्थानमा भदौ २३ र २४ गते परिवर्तनको पक्षमा लडेका युवाहरूको प्रतीकका रूपमा निर्माण गरिएको टावरमा राष्ट्रिय झन्डाको प्रतीमसहित रगतले लतपतिएको जुत्ता र ‘इन्कलाव मुठ्ठी’ राखिएको छ ।
वडा नं ३का वडाध्यक्ष सुमनराज श्रेष्ठले दैलेसिमललाई युद्ध पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न प्रयास गरिरहेको बताएका छन् ।
