
२९ फागुन, काठमाडौं । काठमाडौंबाट काँकडभिट्टा जाँदै गरेको नाइट बसको क्याबिनमा ढुंगो बजारिएको छ ।
राष्ट्रिय यातायात व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष सरोज सिटौलाका अनुसार यात्रुहरुलाई खासै केही भएको छैन ।
बागमती प्रदेश ०३–००१ ख–४८७१ नम्बरको बसमा उक्त घटना भएको हो । बसमा ४३ जना सवार थिए ।
उनले गएराति चितवनको तुइन खोला पहिरोमा माथिबाट अचानक ढुंगा खसेको दृष्य बसमा रहेको सीसीटीभी क्यामरामा रेकर्ड भएको पनि बताए ।
