चुनावी समिक्षा सम्बन्धमा छलफल गर्न आज कांग्रेसको बैठक बस्दै

१० चैत,काठमाडौं ।निर्वाचनमा पराजयको कारणलगायत विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज मंगलबार बस्दै छ।

पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।

यसअघि दुई दिन बसेको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले पार्टीको पराजयबारे दस्तावेज पेश गरेका थिए।सभापति गगन थापा चुनावपछि पहिलोपटक केन्द्रीय समितिको बैठकमा सहभागी हुने भएका छन्।

उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षता बसेको केन्द्रीय समिति बैठकले सभापति थापाको राजीनामा अस्विकृत गरेको थियो ।

नेपाली कांग्रेसको १५ औं महाधिवेशन भदौमा बोलाउने गरी तयारी गरेको र आज यसबारे पनि छलफल चलाइएने जनाएको छ।

अहिले कांग्रेसमा संस्थापन र इतर समूहबीचको गुटगत शक्ति प्रदर्शन गर्ने होडबाजी नै चलिरहेको देखिन्छ ।