
२५ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलमा सांसद एवं अधिवक्ता मोहनलाल आचार्यलाई पठाएको छ ।
सरकारले प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । त्यही कार्यदलका लागि रास्वपाले कपिलवस्तु–१ बाट निर्वाचित सांसद आचार्यलाई पठाएको हो ।
संवैधानिक कानुन, मानव अधिकार एवं अन्तराष्ट्रिय कानुनका समेत ज्ञाता आचार्य अधिवक्ता हुन् । उनी विभिन्न संवैधानिक एवं कानुनी अध्ययन र अनुसन्धानमूलक काममा संलग्न थिए ।
