
२९ चैत, काठमाडौं । चार पार्टीका प्रमुख एउटै संसदीय समितिमा बसेका छन् ।गत शुक्रबार प्रतिनिधिसभाले १० वटा विषयगत समिति र दुई वटा संयुक्त समितिमा रहने सदस्यहरू तय गरेको थियो ।त्यसक्रममा प्रमुख पार्टीका नै प्रमुखहरू राज्य व्यवस्था तथा सुशासन समितिमा बसेका हुन् ।
यसको सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड छन् ।
यसबाहेक श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाही पनि राज्य व्यवस्था तथा सुशासनमा छन् ।
यसबाहेक समितिमा अफ्साना बानु, अमरेश कुमार सिंह,अर्जुननरसिंह केसी,कमल सुबेदी,करिस्मा कठरिया, कविन्द्र बुर्लाकोटी,गजाला शमीम मिकरानी,गणेश कार्की,निश्कल राई,पद्माकुमारी अर्याल,पुरुषोत्तम शुप्रभात यादव सदस्य रहेका छन् ।
यस्तै सांसदहरू बिश्व राज पोखरेल,भीष्मराज आङ्देम्बे,मोहम्मद इश्तियाक राई,युवराज दुलाल,रमेश प्रसाईं,रवीन्द्र पटेल,राम लामा,रुबिना आचार्य,रेखा कुमारी यादव,विष्णुमाया बिक,श्रद्धा कुवर क्षेत्री र हरि ढकाल राज्य व्यवस्था तथा सुशासन समिति सदस्य छन् ।
