
२८ जेठ,पोखरा ।पोखराबाट संयुक्त अरब इमिरेट्सको दुबई सहरका लागि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक हवाई उडान सञ्चालन हुने भएको छ।
आगामी २३ सेप्टेम्बर २०२६ देखि सञ्चालन हुने उक्त उडानका लागि टिकट बुकिङ खुला गरिएको छ।विमानस्थल पहिल्यै सञ्चालनमा आएपनि नियमित रुपमा अन्तर्राष्ट्रिय व्यावसायिक उडान हुन सकेको थिएन।
यस अवधिमा चीन र भुटानका विभिन्न गन्तव्यमा चार्टर उडानहरू सञ्चालन भएका थिए।त्यस्तै भारतमा एकपटक हवाई एम्बुलेन्समार्फत बिरामी ओसारपसारका लागि उडान गरिएको थियो।तर नियमित अन्तर्राष्ट्रिय व्यावसायिक हवाई सेवा सुरु हुन नसक्दा विमानस्थलको प्रभावकारीताबारे प्रश्न चिन्ह खठा भएको थियो।
पोखरा पर्यटन परिषद्का अनुसार पोखरा, गण्डकी प्रदेश र समग्र नेपालको पर्यटन,व्यापार तथा आर्थिक विकासमा ऐतिहासिक टेवा पुग्ने देखिन्छ।उडानका लागि टिकट बुकिङ खुला पनि भइसकेको छ।
यसबाट पर्यटन प्रवर्द्धन,व्यापार विस्तार,वैदेशिक रोजगारी तथा अन्तर्राष्ट्रिय आवागमनमा नयाँ अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।
यसलाई पोखराको अन्तर्राष्ट्रिय पहिचानलाई थप सुदृढ बनाउने ऐतिहासिक कदमका रूपमा लिइएको छ।
