
१२ असार,काठमाडौं । रास्वपाको पदाधिकारी छान्न मतदान सुरु भएको छ चितवनमा जारी महाधिवेशनमा पदाधिकारीका लागि दोस्रो चरणमा निर्वाचन सुरु भएको हो ।
रास्वपाको सभापतिमा यसअघि नै रवि लामिछाने निर्विरोध भइसकेका छन् ।त्यस्तै उपसभापतिमा पुरुषतर्फ डा. स्वर्णिम वाग्ले निर्विरोध भइसकेका छन् ।
अन्य पदमा भने निर्वाचन हुँदैछ।उपसभापति महिला तर्फ सोविता गौतम र तोसिमा कार्की उम्मेदवार छन्। महामन्त्रीमा विपीन आचार्य,मनिष झा,गणेश कार्की र सागर ढकाल मैदानमा छन् ।
सहमहामन्त्री पुरुषका लागि प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाह,रमेश प्रसाईं, यज्ञमणि न्यौपाने,सुलभ खरेल,अशोककुमार चौधरी,मिलन लिम्बु,राजीव खत्री,विजय जैरु,हरि ढकाल,हिमेश पन्त चुनावी मैदानमा छन् ।
महिला सहमहामन्त्रीमा विदुषी शर्मा,कामिनी कुमारी चौधरी,निशा डाँगी र रिमा विश्वकर्मालगायतले उम्मेदवारी दिएका छन् ।मतदान सुरु भए पनि अझैपनि सहमतिको प्रयास भइरहेको एक नेताले बताए ।
