
१२ असार,काठमाडौं शुक्रबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ७९ हजार १ सय रुपैयाँ तोकेको छ ।अघिल्लो दिन २ लाख ७८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदी आज तोलामा ५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार २३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार १८० रुपैयाँमा कायम भएको छ ।
