लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने तयारी

१२ असार,काठमाडौं । सरकारले लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने तयारी गरेको छ ।

लागुऔषध नियन्त्रण तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठले सो कुरा बताएका हुन् ।

गृहसचिव श्रेष्ठले लागुऔषध नियन्त्रण र रोकथामका लागि सङ्घ, प्रदेश र स्थानीय तहको कामलाई नीतिगत रूपमा नै जागरूक गराउन विभाग स्थापना गर्ने तयारी भएको स्पष्ट पारे । लागुऔषध दुर्व्यसनीको सुधार तथा उपचारका लागि पुनःस्थापना केन्द्र सञ्चालन गर्दा न्यूनतम मापदण्ड पूरा गर्न सम्बन्धित पक्षलाई उनले निर्देशन समेत दिएका छन् ।

गृहसचिव श्रेष्ठले प्रदेश र स्थानीय तहलाई पनि लागुऔषध नियन्त्रण तथा रोकथामको अभियानमा सक्रियतापूर्वक लाग्न आग्रह गरेका छन् ।