सुनको भाउ ४७ सयले वृद्धि,चाँदीको भाउ पनि वृद्धि

१४ असार,काठमाडौं ।साताको पहिलो दिन आज आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ४ हजार ७ सय रूपैयाँले बढेको हो ।
शुक्रबार २ लाख ७९ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला २ लाख ८३ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ ।शुक्रबार ४ हजार १८० रूपैयाँमा कारोबार भएको चाँदी आज आइतबार १४५ रूपैयाँले बढेर ४ हजार ३२५ रूपैयाँमा कारोबार भइरहेको छ ।