महाधिवेशनले नयाँ–पुरानाको विम्ब सकायो, गुटको प्रचार गर्ने निरास : लामिछाने

१४ असार,चितवन ।राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले पहिले महाधिवेशनले पार्टीभित्र नयाँ पुरानाको बहस अन्त्य गरेको जनाएका छन् ।

शपथपछि सम्बोधन गर्दै उनले महाधिवेशनले नयाँपुराना सबैलाइ जिम्मेवारी दिएर प्रतिनिधिले विशेष ख्याल गरेको जनाए ।

‘निर्वाचनमा पुराना,नयाँ सबैलाई जिम्मेवारी प्रतिनिधिले दिएको अवस्था छ,यहाँ कसैले गुट बनाएको हल्लालाई यसले चिरेको छ, यसले थप जिम्मेवारी दिएको छ’ उनले भने–‘नयाँ र पुरानाको विषय अब सकिएको छ ।

अब कतै कसैले केही तुस राख्न पाइने छैन । पार्टी अब परिपक्क बन्यो, असल राजनीतिक चरित्र बनाएर जानका लागि मार्गप्रशस्त बनाएको छ ।’