एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

१४ असार,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु आज एक सार्वजनिक कार्यक्रममा सँगै देखिने भएका छन् ।

मदन भण्डारी फाउण्डेसनले मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आयोजना गरेको सो कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि रहने बताइएको छ ।

आज असार १४ गते राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा ओली,प्रचण्डसहितका नेताहरु पनि सहभागी हुने र मन्तव्य राख्ने तयारी छ।‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीमा ओली र प्रचण्डसँगै नेताहरु– माधव कुमार नेपाल, झलनाथ खनाल र अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

यस राष्ट्रिय गोष्ठीलाई पछिल्लो समय फरक–फरक राजनीतिक धारमा रहेका प्रमुख कम्युनिस्ट नेताहरूको साझा उपस्थिति र समाजवादी मोर्चाहरूसँग छिट्टै एकता र एमालेसँग सहकार्य’ हुन सक्ने सम्भावना रहेको पनि आँकलन गरिएको छ ।