
४ साउन,काठमाडौं ।जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार देशभरको मौसम सामान्यतया बदली रहनेछ।
हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
भने देशका पहाडी भू–भागका धेरै स्थानमा,कोशी,बागमती,गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका धेरै स्थानमा तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना छ।बागमती, गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि भारी वर्षा हुनसक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
