उदार आर्थिक नीतिप्रति नेपाल प्रतिबद्ध छ,लगानी गर्नुहोस् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध भएको स्पष्ट पार्दै लगानीका लागि उपयुक्त ठाउँ भएको बताउनु भएको छ ।

नेपाल लगानी सम्मेलन २०२४ को पहिलो चरणमा उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा कानुनी,भौगोलिक एवं रणनीतिक तवरले लगानीका लागि उपयुक्त वातावरण भएको जिकिर गर्नुभयो।नेपाल उदार आर्थिक नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको भन्दै उहाँले लगानीकर्ता,उद्योगी,नवप्रवर्तक र व्यवसायीलाई सहज अवस्था सिर्जना गर्न नेपाल निरन्तर अगाडि बढेको स्पष्ट पार्नुभयो।

लगानीको वातावरण सृजना गर्न विभिन्न कानुन समेत परिपार्जन गरिएको जानकारी गराउँदै उहाँले भन्नुभयो,“मलाई विश्वास छ,यसले नेपालमा लगानी गर्ने लगानीकर्ताको आत्मविश्वास बढाउँछ।”

“नेपालले पर्यटन, कृषि, उत्पादन,सूचनाप्रविधि,गार्मेन्ट, कृषि प्रशोधन र पूर्वाधारलगायत उच्च मूल्यका बाली उत्पादन जस्ता क्षेत्रमा लगानीका अवसरहरू उपलब्ध गराएको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “जलविद्युत् उत्पादनको प्रचुर सम्भावनाले नवीकरणीय र स्वच्छ ऊर्जा आपूर्तिको प्रतिबद्धता व्यक्त गरेको छ । समृद्ध सांस्कृतिक सम्पदा र प्राकृतिक सौन्दर्यले पर्यटन क्षेत्रको बलियो सम्भावनालाई संकेत गर्दछ ।”

 जलविद्युत् उत्पादनको प्रचुर सम्भावना भए पनि हालसम्म ३ हजार २०० मेगावाट मात्रै उत्पादन भएको   करिब ५ हजार ५६८ मेगावाटका ठूला आयोजना सार्वजनिक–निजी साझेदारी (पीपीपी)मार्फत निर्माण वा कार्यान्वयनको चरणमा रहेको  प्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।

तयारी पोशाक र नेपाली गलैंचा पनि विश्व बजारमा निकासी हुने र गुणस्तरका लागि प्रख्यात भएको यस क्षेत्रमा पनि लगानीको प्रचुर सम्भावना रहेको प्रधानमन्त्री प्रचण्डले बताउनु भएको छ।

“नेपालले पर्यटन, कृषि, उत्पादन, सूचनाप्रविधि,गार्मेन्ट, कृषि प्रशोधन र पूर्वाधारलगायत उच्च मूल्यका बाली उत्पादन जस्ता क्षेत्रमा लगानीका अवसरहरू उपलब्ध गराएको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो,“जलविद्युत् उत्पादनको प्रचुर सम्भावनाले नवीकरणीय र स्वच्छ ऊर्जा आपूर्तिको प्रतिबद्धता व्यक्त गरेको छ ।समृद्ध सांस्कृतिक सम्पदा र प्राकृतिक सौन्दर्यले पर्यटन क्षेत्रको बलियो सम्भावनालाई संकेत गर्दछ ।”

प्रस्तुत परियोजनाहरूले नेपाल र सम्भावित लगानीकर्ताहरू दुवैलाई फाइदा पुग्ने विश्वास लिएको भन्दै उहाँले सबैको सहकार्यबाट नेपाल आर्थिक रुपान्तरण र समृद्धिको बाटोमा अगाडि बढ्दै गएको प्रधानमन्त्री प्रचण्डको  भनाई छ।