सीता पौडेल(अर्चना)
काठमाडौं ।नेपाल पत्रकार महासंघ,उपत्यका प्रदेश समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
शनिबार उपत्यका प्रदेशका अध्यक्ष श्रिजन झाको अध्यक्षतामा भक्तपुरको मध्यपुर थिमिस्थित थिमि बैंक्वेटमा उक्त अधिवेशन सम्पन्न भएको हो । मध्यपुर नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ प्रमुख अतिथि रहेको अधिवेशनको उद्घाटन सत्रमा उप—मेयर विजय कृष्ण श्रेष्ठ,नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट,केन्द्रिय सदस्य शान्ताराम विडारी, नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष सूर्य सुवेदी,पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति लगायतको उपस्थिति रहेको थियो ।

यस्तै बागमति प्रदेशका अध्यक्ष शिवप्रसाद सिमखडा, प्रेस युनियनका अध्यक्ष नकुल अर्याल,प्रेस सेन्टरका अध्यक्ष विष्णु साप्कोटा ‘जुगल’,प्रेस चौतारी उपत्यका प्रदेशका इन्चार्ज हेमराज सिलवाल, श्रमजीवि पत्रकार संघमा अध्यक्ष जन्मदेव जैशी,लोकतान्त्रिक छापा माध्याम राष्ट्रिय सञ्जालका अध्यक्ष दामोदर प्रसाद दवाडी, लगायत वरिष्ठ पत्रकारहरु तथा विभिन्न आमसञ्चार माध्यममा आबद्ध पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

अधिवेशनमा शुभकामना व्यक्त गर्दै कार्यक्रमको उद्घाटन सत्रमा पत्रकारिता सम्बद्ध सबै अतिथिहरुले महासंघको सदस्यता शुद्धिकरणको विवादको विषयमा जोड दिनुभएको थियो ।
कार्यक्रममा शुभकामना व्यक्त गर्दै वक्ताहरुले सदस्यता शुद्धिकरणको विवाद टुंग्याएर मात्रै नेपाल पत्रकार महासंघको अधिवेशन गर्नु पर्ने आवश्यक्ता औंल्याउनु भएको थियो ।

प्रदेश परिषद् सदस्यहरुमध्येबाट २५ वर्षभन्दा वढी सक्रिय पत्रकारिता गरेका २५ जना पत्रकारहरुलाई रजत सम्मानले सम्मान गरिएको थियो ।

