सबै नागरिकलाई पेन्सन योजनामा समेट्ने नागरिक लगानी कोषको तयारी

काठमाडौं ।नागरिक लगानी कोषले देशभरका सबै नागकिरकलाई नागरिक पेन्सन योजनामा समेटने तयारी गरेको छ।

विराटनगरमा सम्पन्न नागरिक पेन्सन योजना सम्बन्धी अन्तरक्रिया कार्यक्रममा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले कोषले सबै नागकिरकलाई नागरिक पेन्सन योजनामा समेटने तयारी गरेको जानकारी दिए।

उनका अनुसार यस योजनामार्फत चैत मसान्तसम्म २१ करोड ६० लाख रुपैयाँ जम्मा भएको र यस अवधिसम्म ६ हजार एक सय १० जनाले सहभागिता जनाएका छन् । यस योजनामा आय आर्जन गर्ने,प्रचलित कानुन बमोजिम स्थापना भएका संघ,संस्था,एवम् प्रतिष्ठानमा कार्यरत श्रमिक,कर्मचारी,स्वरोजगारमा रहेका सर्वसाधारण र गैरआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्ने व्यवस्था रहेको छ।

भने,बचतकर्ताहरूले न्यूनतम मासिक पाँच सय रुपैयाँदेखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग जाने संख्यामा जम्मा गर्न सक्ने छन् ।बचतकर्ताको आम्दानीको आधारमा मासिक,त्रैमासिक, अर्धवार्षिक र वार्षिकरुपमा रकम जम्मा गर्न सकिने विशेषता योजनाको रहेको छ ।

कार्यविधिमा सहभागीले गरेको बचत,त्यसको ब्याज र कोषको लगानीवाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल रकमलाई १७० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर पेन्सन पाउने व्यवस्था छ।

पेन्सन प्राप्त गर्न बचतकर्ताको उमेर साठ्ठी वर्ष पूरा भएको र कम्तीमा १५ वर्ष योगदान गरेको हुनुपर्ने व्यवस्था रहेको छ ।बचतकर्ताले १५ वर्षको बचत नगर्दै त्यसको ब्याज र प्रतिफल समेत एकमुष्ठ भुक्तानी लिन वा पेन्सनको रूपमा भुक्तानी लिन सक्नेछन् ।