धनगढी । बझाङको प्रदेश सभा–१ उपनिर्वाचनमा नेकपा एमालेलाई पछि पार्दै नेपाली कांग्रेसले अग्रता लिएको छ । नेकपा एमालेका दमन भण्डारीलाई उछिन्दै नेपाली कांग्रेसका अभिषेक सिंहले अग्रता लिएका हुन् ।
सिंहलाई ७ हजार ४९२ मत प्राप्त भएको छ । भने नेकपा एमालेका भण्डारीलाई ७ हजार २२८ मत मिलेको छ । सुरुआती मत गणनामा भने यहाँ एमाले दोब्बर मतसहित अग्र स्थानमा थियो ।
यसैगरि नेकपा माओवादी केन्द्रका जनक बुढाले २ हजार ८९५ मत पाएका छन् ।भने, एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार १०२ मत पाएका छन् ।
तर,राप्रपाका किशोर खड्काले भने,जम्मा १ सय ८२ मत पाएका छन् ।
