बझाङमा एमालेले लियो अग्रता

काठमाडौं ।बझाङको प्रदेश सभा उपनिर्वाचनमा नेकपा एमालेले फेरि अग्रता लिएको छ ।

एमालेका दमनबहादुर भण्डारीले ९ मतको अग्रता लिएका हुन् ।भण्डारीले ९ हजार ८८९ मत पाउँदा नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ९ हजार ८८० मत पाएका छन्।

तेस्रोमा माओवादी केन्द्रका जनक बुढाले ३ हजार ६६३ र एकीकृत समाजवादीका दिलबहादुर सिंहले दुई हजार ४०५ मत पाएका छन् ।