काठमाडौं ।कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको नागरिकता कीर्ते रहेको भन्दै धनुषा जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ।
सर्लाहीका एक व्यक्तिले सिरोहियाको दोहोरो नागरिकता छानविनको माग गर्दै जाहेरी दर्ता गराएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।
प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार विभिन्न निकायमा पेस भएको सिरोहियाको नागरिकता नम्बर फरक–फरक रहेको जाहेरीमा उल्लेख छ ।प्रहरीले जाहेरी उपर आवश्यक प्रक्रिया थालिने बताएको छ ।
