काठमाडौं । प्रहरीले काठमाडौंको गोठाटारमा लाल मोहम्मदलाई गोली हानी हत्या भएको घटनामा संलग्न रहेको आरोप लागेका भारतीय नागरिक बब्लु पासवानलाई गोली हानेर पक्राउ गरेको छ । पर्सा प्रहरीले सोमबार राती ४५ वर्षीय बब्लुलाई गोली हानेर नियन्त्रणमा लिएको हो।
प्रहरीले पासवानको साथबाट ४९ ग्राम हिरोइन,मेड इन यूएसए लेखिएको पेस्तोल र ८ सय ८० ग्राम गाँजा बरामद भएको जनाएको छ।
२०७९ असोज ३ गते गोठाटारमा लाल मोहम्मदको गोली हानी हत्या भएको थियो ।
बब्लुको बायाँ खुट्टाको घुँडामुनी गोली लागेको छ ।
