काठमाडौं । सिधा कुरा डटकमका पत्रकारलाई अदालतको अवहेलनामा फौजदारी कसूरमा अनुसन्धान गर्न सर्वोच्च अदालतकै उपरजिष्ट्रारले प्रतिवेदन पेश गरेका छन् ।
उनले उक्त इजलासबाट आदेश माग समेत गरेका छन् । उपरजिष्ट्रार गोविन्द घिमिरेमार्फत दायर रिटमा सिधा कुरा डटकमा युवराज कँडेल, नविन ढुंगानासहितविरुद्ध मानहानीको कसूरमा कारबाही माग गरिएको छ ।
अदालतको फैसलासँग सम्बन्धित एउटा गोप्य डिलको भनिएको अडिओ सार्वजनिक गरि केही मिडियाका सन्चालक र न्यायाधीश तथा वकिलहरु त्यसमा संलग्न रहेको दाबी गरेको थियो ।
न्यायाधीश डा.आनन्दमोहन भट्टराई समेतलाई एक विवादास्पद अडियो प्रकरणमा जोडेपछि सर्वोच्च अदालत प्रशासनले अवहेलना कारबाहीको प्रक्रिया अगाडि बढाएको बताएको छ ।अडियो अनुसन्धान गरी प्रचलित फौजदारी कसुरमा कारबाहीको दायरामा ल्याउन आदेशको माग गरिएको जनाइएको छ।
उक्त मुद्दाको पेशी भोलि (सोमवार)का लागि तोकिएको छ ।
