तिब्बतसँगको व्यापारिक सम्बन्ध थप नयाँ उचाइमा पुग्छ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीचको व्यापारिक सम्बन्ध आगामी दिनमा नयाँ उचाइमा पुग्ने बताएका छन्।

काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु भएको १७औँ नेपाल चीन तिब्बत आर्थिक तथा व्यापार मेलाको उद्घाटन समारोहमा उनले चीनको स्वशासित क्षेत्र तिब्बतबीचको सांस्कृतिक सम्बन्धलाई हिमालयको दुवैतर्फ विद्यमान व्यापारिक अवसरलाई सदुपयोग गर्ने बताए । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको आयोजनामा सञ्चालन भएको सो मेलामा उनले व्यवसायीका कारण द्विपक्षीय आर्थिक सम्बन्धलाई पनि हिमालय जस्तै अटल बनाएको जिकिर गरे ।

लामो कालखण्डदेखि नै नेपाल र चीन नजिकको व्यावसायिक सहयात्री बन्दै आएको छ ।