इलाम । नेपाली कांग्रेस उम्मेदवार डक्बरबहादुर खड्कालाई ५ हजार ८ सय ३० मतले पराजित गदै नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएका छन् ।
आज बिहान सकिएको मतगणनाम नेम्वाङले २७ हजार ७ सय ७२ मत ल्याउँदा कांग्रेसका खड्काको २१ हजार ९ सय ४२ मत आएको थियो ।यस्तै, स्वतन्त्र उम्मेद्वार डेकेन्द्रसिंह थेगिमले ११ हजार ४ सय ५७ मत प्राप्त गरेका छन् भने रास्वपाका मिलन लिम्बुले ५ हजार ५० मत पाएका छन्।
निर्वाचन आयोगका अनुसार इलाम २ मा ६९ हजार ३ सय ७४ मत खसेको थियो ।जसमा ९ सय २ मत बदर भएको छ।२०७९ सालको निर्वाचनमा निर्वाचित भएका सुवासचन्द्र नेम्वाङ र बझाङ प्रदेशसभा १ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि यी क्षेत्रहरू रिक्त रहेका थिए।विजयी सुहाङ संविधानसभा अध्यक्ष स्व.सुवासचन्द्र नेम्वाङका छोरा हुन्।
बझाङ प्रदेशसभा–१ बाट पनि एमालेकै उम्मेदवार दमनबहादुर भण्डारी निर्वाचित भइसकेका छन्। नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २ सय ६७ मतले पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् ।
