यी स्थानमा आज वर्षा र हावाहुरीको सम्भावना

काठमाडौं ।हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।जसको कारणले देशको पहाडी भूभागमा आंशिक बदली भइरहेको छ।भने,बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो कोशी,गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।कोशी प्रदेशको पहाडी भूभागका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना  छ।

त्यस्तै कोशी,गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।लुम्बिनी,मधेश,सुदूरपश्चिम र कोशी प्रदेशसहित बाँकी भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाको भनाई छ।

उता आज राति पनि कोशी,गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।भने,लुम्बिनी,मधेश,सुदूरपश्चिम र कोशी प्रदेशका केही र बाँकी भूभागको थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।