
इलाम।इलाम बजारमा नेकपा एमालेको विजय सभामा सहभागी भएर फर्किंदै गरेको पिकअप भ्यान दुर्घटनामा परेको छ।
को २ च ४४७ नम्बरको उक्त पिकअप गाडी इलाम नगरपालिका ५,बिब्ल्याँँटे बजार नजिक दुर्घटनामा परेको हो।दुर्घटनामा परी १९ जना घाइते भएका छन्।जसमध्ये तीन जनालाई उपचारको लागि झापा अस्पताल पठाइएको बताइएको छ।
अन्य घाइतेहरुको इलाम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
