
काठमाडौं ।सुरज पण्डित र लक्ष्मण देवकोटाकफ प्रस्तुतीमा नयाँ गीत ‘रातो किताब’ सार्वजनिक भएको छ। पण्डितकै स्वर,शब्द र संगीतमा सो गीत सार्वजनिक भएको हो।
गीतमा लक्ष्मण सुनारको निर्देशन रहेको छ।भने देवकोटा,सुस्मीता कुँवर र वसन्त उदासलगायतको अभिनय रहेको छ। सर्जकका अनुसार रातो किताब एउटा सरकारी किताब हो जुन विशेषत बजेट र अर्थनीतिसँग सम्बधित छ।
‘जनताका वास्तविक आवश्यकता र चाहनालाई समान र न्यायिक हिसाबले सम्बोधन गरिनुपर्ने हुन्छ ।तर बिडम्बना नेपालको परिस्थिति यसो हुन सकेन र यो भुइँ मान्छेका सपना पूरा गर्ने जनताको आफ्नो किताब नबनेर सिमित मान्छेका स्वार्थ पूरा गर्ने पकेटको किताब बन्न पुग्यो।
अब यस्तो नहोस् भनेर यस परिस्थितिलाई खबरदारी गर्नका खातिर रातो किताब जस्तो सांगीतिक सिर्जनाको परिकल्पना गरिएको हो’, गीतबारे उल्लेख गरिएको छ।
