‘जनसङ्ख्या साक्षरता’ र ‘जनसाङ्ख्यिक सूचक’ पुस्तक सार्वजनिक

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ ‘जनसाङ्ख्यिक सूचक’ नामक पुस्तिका र ‘जनसङ्ख्या साक्षरता’ पुस्तक सार्वजनिक भएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयमा आइतबार एक कार्यक्रमकाबिच सो पुस्तकलाई राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख अर्जुनप्रसाद पोखरेलले सार्वजनिक गरेका छन्।

पुस्तकमा नेपालमा जनगणना उपयोगिता,अभ्यास तथा गुणस्तरका चुनौतीहरू,जनसङ्ख्याको आकार संरचना वितरण एवम् वृद्धि मापन तथा प्रक्षेपण विधि,शैक्षिक तथ्याङ्क र जनसाङ्ख्यिक सूचकमा चार सयभन्दा बढी सूचकहरू समावेश गरिएको छ।