
काठमाडौं ।नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको भाउ बढाएको छ ।
पाँच दिनअघि (१९ वैशाख)मा भाउ घटेर उपभोक्ताले केही राहत पाए पनि पाँच दिनमै मुल्य बढाएपछि संघको कर्मकाण्डी प्रवृति झल्किएको छ ।तर संघले भने बजार बिस्तारै बढेकाले किसानलाई राहत दिन भाउ बढाएको जनाएको छ ।
संघले अन्डाको नयाँ समर्थन मूल्य १९ वैशाख बिहीबारका अनुसार मिडियम साइजको प्रतिक्रेट ३ सय ३० रुपैयाँ, ठूलो अन्डा प्रतिक्रेट ३ सय ७५ र सबैभन्दा ठूलो अन्डा प्रतिक्रेट ३ सय ९५ रुपैयाँ तोकेको थियो।
वैशाख २४ गते सोमबारबाट मिडियम अन्डा प्रतिक्रेट २० बढाएर ३ सय ५०,ठूलो अन्डा प्रतिक्रेट २० बढाएर ३ सय ९५ र सबैभन्दा ठूलो अन्डा प्रतिक्रेट १५ बढाएर प्रतिक्रेटको ४ सय १० पुगेको छ।
हप्तैपिच्छे अन्डाको मूल्य थपघट गर्दा यसले एकातिर उपभोक्ता मारमा परेका त छन नै,अर्कातिर बजारभाउको अन्योलता र बजारको विश्वास पनि गुम्ने खतरा सृजना गरिदिएको छ।
तर के बुझ्नुपर्छ भने–मुल्य हामीले नचाहेको उचाइमा पुग्ने अनेकौं कारणमध्ये एउटा कारण कालोबजारी हो।
सँगसँगै छरिएका उपभोक्ता र संगठित बिक्रेताले कालो बजारीलाई सजिलो बनाउँछ।त्यसमाथि अवैध प्रशासनिक सहयोगले व्यापारी शक्तिशाली र उपभोक्ता निरीह हुन्छन्।
यसका लागि बजार अनुकूल नीति त चाहिन्छ नै,उपभोक्ताको आचरण पनि आवश्यक छ ।
