रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) संसदीय दलको बैठक मंगलबार बस्दै छ। बैठक पार्टीको संसदीय कार्यालय सिंहदरबारमा बिहान ८ बजे बस्ने कार्यतालिका छ ।

यही वैशाख २८ गते शुरु हुने संसद्को बजेट अधिवेशनमा बैठक केन्द्रित रहने पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन्।संसद्को बजेट अधिवेशनमा खेल्नुपर्ने भूमिका आगामी रणनीति लगायतका अन्य थुप्रै विषयमा छलफल हुने उनको भनाई छ ।

बैठकले पार्टी सभापति रवि लामिछाने सहकारी अनियमिततामा संलग्न रहेको आरोप लगाउँदै कांग्रेसले छानबिन गर्न संसदीय समितिको माग राखेर अघिल्लो अधिवेशनमा सदनमा अवरोध गर्दै आएको र समिति नबने बजेट यो अधिवेशन पनि चल्न नदिने बताएको  विषयमा पनि छलफल हुने सहमहामन्त्री बुर्लाकोटीले बताएका छन् ।