नेपाल कृषि अनुसन्धान परिषद्मा ४६ प्रतिशत दरबन्दी रिक्त

काठमाडौं।नेपाल कृषि अनुसन्धान परिषद्(नार्क)मा ४६ प्रतिशत दरबन्दी रिक्त रहेको पाइएको छ ।

नार्कको ३३ औँ स्थापना दिवसको अवसरमा आयोजित ललितपुरमा आयोजित‘ पत्रकार—वैज्ञानिक अन्तरक्रिया ’ कार्यक्रममा १ हजार ८२३ दरबन्दी मध्ये करिब ४६ प्रतिशत पदहरू रिक्त भएको जानकारी गराइएको हो।नेपालभन्दा राम्रो अवसर पाएर विदेश पलायन हुने,अवकाश हुने गरेकाले दरबन्दी रिक्त भएको बताइएको छ।

साथै २०५४ सालपछि एक पटकबाहेक पदपूर्ति नखुलेका कारण पनि यसो भएको बताइएको छ।दरबन्दीमध्ये वैज्ञानिक ४१३ र प्राविधिक अधिकृत ३३३ रिक्त छ । हाल भइरहेको पदपूर्ति कार्यबाट वैज्ञानिक पदमा १० प्रतिशत र प्राविधिक अधिकृत पदमा १९ प्रतिशत गरी जम्मा १५ प्रतिशत कर्मचारी थप हुने अपेक्षा गरिएको नार्कको भनाई छ।

नार्कले बाली तथा पशुपन्छीका जातीय तथा नस्ल विकास,कृषि प्रविधि विकास,स्रोत सामाग्री उत्पादन,जैविक विविधता संरक्षण,सामाजिक–आर्थिक तथा नीतिगत अनुसन्धान र प्रविधि हस्तान्तरण, सेवा तथा परामर्श लगायतका क्षेत्रमा महत्वपुर्ण भूमिका निर्वा गर्दै आएको भएपनि जनशत्ति अभावका कारण चाहेजस्तो उपलब्धि हाँसिल गर्न नसकेको नार्कको तर्क छ।

 नार्कले वैशाख २५ लाई स्थापना दिवसको रूपमा मनाउँदै आएको छ ।