पार्टी विभाजनले जसपामा हल्लीखल्ली,पत्रकार सम्मेलन गर्दै

काठमाडौं । पार्टी विभाजनका कारण जसपाभित्र हल्लीखल्ली मच्चिएको छ ।अशोक राईसहित सात जना सांसद अलग भई  नयाँ दल–जनता समाजवादी पार्टी (जसपा) गठन गरेपछि जसपा भित्र हल्लीखल्ली मच्चिएको हो ।

राईको नेतृत्वमा सोमबार निर्वाचन आयोगमा सो दल दर्ता भएको छ।यता संस्थापन पक्ष यसकोविरुद्ध अदालत जाने तयारीमा रहेको  प्रवक्ता मनिष सुमनले जानकारी दिएका छन् ।उनका अनुसार केन्द्रीय कार्यकारिणी समितिको बैठकलगत्तै पत्रकार सम्मेलन गर्ने तयारी छ ।

प्रवक्ता सुमनका अनुसार पार्टी केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा बस्ने बैठकले पार्टी विभाजनविरुद्ध अदालत जाने औपचारिक निर्णयबारे जानकारी गराउन र पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न अहिले बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा पत्रकार सम्मेलनको आयोजना गरेको हो।

संसदको बर्खे अधिवेशन आह्वान भइसकेको,दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको र बहुमत केन्द्रीय सदस्य संस्थापन पक्षमै रहेको भन्दै जसपा नेपालले आयोगको निर्णय कानुन विपरीत रहेको जिकिर गरेको छ।

मंगलबार बसेको शीर्ष नेताहरुको अनौपचारिक बैठकले दल विभाजनविरुद्ध कानुनी उपचार खोज्ने निर्णय समेत गरेको थियो ।