त्रिवि पत्रकारिता विभागको प्रमुखमा प्रा.पोखरेल,प्रा.खनालको राजीनामा स्वीकृत

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रमुखमा प्रा.प्रवलराज पोखरेल नियुक्त भएका छन् ।

विभागीय प्रमुख चिरञ्जीवी खनालले दिएको राजीनामा स्वीकृत गरी विश्वविद्यालयका उपकुलपति प्रा. डा.केशरजङ्ग बरालले पोखरेललाई तीन महिनाका लागि विभागीय प्रमुखमा नियुक्त गरेका हुन् ।

विभागीय प्रमुखमा नियुक्त भएपछि प्रतिक्रिया दिंदै प्राध्यापक पोखरेलले पत्रकारिता शिक्षाको प्रवर्द्धन,प्राज्ञिक विकास र अध्ययन अनुसन्धानमा सुधार गर्ने प्रतिवद्धता जनाएका छन् ।

पोखरेल १६ वर्षअघि पनि पत्रकारिता केन्द्रीय विभागका प्रमुख थिए ।