वनमा आगो लगाउने दुईजना पक्राउ

ओखलढुंगा । वनमा आगो लगाएको आरोपमा दुईजना पक्राउ परेका छन्। सिद्धिचरण नगरपालिका–११ को नगरपार्कमा आगो लगाएको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार सोही ठाउँका २६ वर्षीय महेश विक र २३ वर्षीय सुजन विकलाई पक्राउ गरेको हो। ओखलढुंगा जिल्ला अदालतले अभियुक्तहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई चार दिनको म्याद दिएको छ।

आगलागीका घटना बढेसँगै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आगो लगाउनेको खोजी गर्न र कारवाहीको दायरामा ल्यान निर्देशन दिएका थिए। त्यसपछि प्रहरीले आगो लगाउनेको खोजी अभियान थालेको छ ।गृहले आगो लगाउनेको पहिचान गरि सूचना दिनेलाई पुरस्कृत समेत गर्ने भनेको छ ।