
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई औद्योगिक विकासतर्फ अग्रसर गराउन साना तथा घरेलु उद्यमशिलतालाई बढवा दिनुपर्ने बताउनु भएको छ।
बुधवार नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको ‘१७औँ अन्तर्राष्ट्रिय औद्यौगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव’लाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गरिबी न्युनिकरण,रोजगारी अभिवृद्धि गरी आत्मनिर्भर बनाउन योगदान दिने मुलुकको अर्थतन्त्रको जगका रुपमा रहेको लघु,घरेलु तथा साना उद्योगलाई प्राथमिकतामा राख्नु पर्ने आवश्यक्ता औल्याउनु भयो ।
साना तथा घरेलु उद्योग क्षेत्रको विद्यमान पुँजी,कच्चा पदार्थ,प्रतिष्पर्धात्मक क्षमता,बजारीकरण र दक्ष जनशक्ति लगायतका समस्या समाधानमा सरकार र व्यवसायीहरुले हातेमालो गरेर अघि बढ्नुपर्ने उहाँको भनाई छ ।
उहाँले प्राकृतिक स्रोतको उपयोगले परम्परागत कृषिलाई औद्योगिक कृषिमा बदल्न सहयोग गर्ने र यसले समावेशी र समानुपातिक सहभागितामा समेत टेवा पु¥याउने हुँदा यस्ता उद्योगको विकासमा जुट्नु पर्ने आवश्यक्ता औल्याउनु भएको छ।
