
काठमाडौं।नेपालमा पश्चिमी र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको प्रभाव कायमै छ।जसका कारण देशभर आंशिकदेखि साधारणतया बदली भइरहेको छ र केही स्थानमा हल्का वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।कोशी, मधेश,बागमती,गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भू–भागका केही स्थानमा र तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको महाशाको भनाई छ।
उता राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।कोशी,मधेश,बागमती,गण्डकी प्रदेशका केही स्थान र बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
